प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कप: प्रदेश २ विरुद्ध टस जितेर ब्याटिङ गर्दै गण्डकी

पिएम कपको पहिलो दिन एपिएफविरुद्ध ब्याटिङ गर्दै प्रदेश २ का खेलाडी ।

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा प्रदेश २ विरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

मुलपानी क्रिकेट मैदानमा हुने खेलमा प्रदेश २ पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिँदै छ भने गण्डकी विजयी सुरुआत गर्न चाहन्छ ।

सोमबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन प्रदेश २ एपिएफ क्लबसँग २४ रनले पराजित भएको थियो । समूह ‘बी’मा रहेको गण्डकीको भने यो नै पहिलो खेल हो ।

मंगलबार नै भएको विभागीय भिडन्तमा नेपाल पुलिस क्लबसँग त्रिभुवन आर्मी क्लब ४ विकेटले पराजित भयो । यस्तै अर्को खेलमा कर्णाली प्रदेशले प्रदेश १ लाई ३१ रनले हराएको थियो ।

पछिल्लो संस्करणसम्म एकदिवसीय संरचनामा हुँदै आएको पिएम कप यसपाली ट्वान्टी २० पद्दतिमा आयोजना भएको हो । ट्वान्टी २० विश्वकपको ग्लबोल छनोटको तयारी स्परुप यो वर्षको पिएम कप छोटो पद्दतिमा गर्न क्यानले राष्ट्रिय खेलकुद परिषद्सँग आह्वान गरेको थियो ।