न्युजिल्यान्ड बंगलादेश टेस्ट

न्युजिल्यान्डको सानदार जित

वेलिङटन । न्युजियान्डले बंगलादेशमाथि एक इनिङ र एक सय १७ रनको जितसहित दुई टेस्टको शृंखला १-१ को बराबरीमा टुङग्याएको छ ।

दोस्रो टेस्टको तेस्रो दिन फलोअनमा परेको बंगलादेश दुई सय ७८ रनमा सीमित भएपछि न्युजिल्यान्डले सानदार जितसहित शृंखला बराबरी गरेको हो ।

पहिलो टेस्ट बंगलादेशले आठ विकेटले जितेको थियो । 

दोस्रो दिनको समाप्तीमा बंगलादेश एक सय २६ रनमा सीमित भएको थियो । पहिलो इनिङमा तीन सय ९५ रनले पछि परेको बंगलादेशले तेस्रो दिन  फलोअनमा परेपछि ब्याटिङमा आए पनि सम्हालिएको प्रदर्शन भने गर्न सकेन ।

बंगलादेशका लिट्टन दासले एक सय दुई रन जोड्दा मोमिनुल हकले ३७ र नुरुल हसनले ३६ रन जोडे ।

न्युजिल्यान्डका काइल जेमिसनले चार विकेट लिए भने निल वाग्नरले तीन विकेट लिए । त्यस्र्तै टिम साउथी,रस टेलर र ड्यारेल मिट्चेलले समान एक विकेट लिए ।

यसअघि न्युजिल्यान्डले ओपनर टम लाथमको दुई सय ५२ र डेभोन कन्वेको एक सय नौ रन मद्दतमा ५२१–६ मा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो ।