पिएम कप

प्रदेश एकलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप ट्वान्टी २० प्रतियोगितामा प्रदेश एक सामु कर्णाली प्रदेशले एक सय २१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि आएको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाउदै एक सय २० रनको योगफल तयार पारेको थियो ।

कर्णालीका लागि कप्तान रविन्द्र शाहीले ३६ र प्रकाश जैसीले २५ रन जोडे ।

प्रदेश एकका मुकुन्द यादवले तीन,फ्रिदोस अन्सारीले दुई तथा सिद्धान्त लोहनी र कमल खत्रीले समान एक विकेट लिए ।