पिएम कप

पुलिसलाई आर्मीको मध्यम लक्ष्य

काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय  प्रतियोगितामा नेपाल पुलिस क्लबसामु एक सय ३८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि आएको आर्मीले १९.५ ओभरमा सबै विकेट गुमाउदै एक सय ३७ रनको योगफल तयार पार्यो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले ४४ र ओपनर सोमपाल कामीले ४२ रनको योगदान गरे । विनोदले ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दा सोमपालले ३५ बलमा ६ चौका प्रहार गरे ।

पुलिसका लागि करण केसीले चार, योगेन्द्रसिंह कार्की र गल्सन झाले समान दुई तथा आरिफ शेख र दिपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।