प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कपः एपिएफको सुखद सुरुआत

काठमाडौं । प्रदेश नम्बर २ लाई २४ रनले पराजित गर्दै साेमबार एपिएफ क्लबले प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एक सय ६४ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रनमात्र जोड्न सक्यो ।

प्रदेश २ का हरिशंकर साहले ३६ रन बनाए । यस्तै मोहम्मद आदिल आलमले ३५, सुरज पटेलले १५, विवेक यादवले १३ र कुमार थापाले १० रन बनाए ।

एपिएफका कमलसिंह ऐरी, अविनाश बोहरा र भुवन कार्कीले समान दुई विकेट लिए । त्यस्तै किशोर महतो र सरद भेषवाकरले एक/एक विकेट हात पारे ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको एपिएफका ओपनरद्वय प्रदीप ऐरी र आसिफ शेखले पहिलो विकेटका लागि शतकिय साझेदारी गरेपछि निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ६३ रनको योगफल तयार गरेकाे थियाे ।

एपिएफबाट शतकीय साझेदारी गरेका प्रदीप ऐरी र आसिफ शेख दुवैले अर्धशतकिय इनिङ खेलेका थिए ।

आसिफ ४५ बलमा तीन चौका र पाँच छक्कासहति ६३ रन बनाए । प्रदिपले ४८ बलमा नौ चौकाको सहयोगमा ५४ रन जोडेका थिए । यस्तै सन्दीप जोराले १७ रन बनाएका थिए ।

प्रदेश २ का रितेश सिंहले सर्वाधिक चार विकेट लिएका थिए । यस्तै अर्को विकेट प्रतिक यादवको नाममा रह्यो ।