प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कपः बागमतीले दियो ११५ रनको लक्ष्य

काठमाडौं । सुवास खकुरेलको अर्धशतकप्रेरित बागमती प्रदेशले प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार लुम्बिनी प्रदेशसामु एक सय १५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको बागमतीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय १४ रन बनायो ।

बागमतीका ओपनर सुवास खकुरेलले सर्वाधिक ५१ रन बनाए । सुवासले ५३ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १९ र इशान पाण्डेले १३ रन जोडे ।

प्रदेश दुईका दुर्गेश गुप्ता, र अनिल खरेलले समान दुई विकेट लिदा सिधान्त सहनी, बसिर अहमेद र विक्रम भुसालले एक एक विकेट हात पारे ।