प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कपः एपिएफले प्रदेश दुईलाई दियो १६४ रनको लक्ष्य

काठमाडौं । ओपनरद्वय प्रदीप ऐरी र आसिफ शेखले पहिलो विकेटका लागि शतकिय साझेदारी गरेपछि प्रधानमन्त्री कप ट्वान्टी २० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सोमबार एपिएफ क्लबले प्रदेश नम्बर दुईसामु एक सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ । यी दुईले पहिलो विकेटका लागि एक सय २० रनको साझेदारी गरेका थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ६३ रनको योगफल तयार गर्यो ।

एपिएफबाट शतकीय साझेदारी गरेका प्रदीप ऐरी र आसिफ शेख दुवैले अर्धशतकिय इनिङ खेले ।

आसिफ ४५ बलमा तीन चौका र पाँच छक्कासहति ६३ रन बनाए । प्रदिपले ४८ बलमा नौ चौकाको सहयोगमा ५४ रन जोडे । यस्तै सन्दीप जोराले १७ रन बनाए ।

प्रदेश दुईका रितेश सिंहले सर्वाधिक चार विकेट लिए । यस्तै अर्को विकेट प्रतिक यादवको नाममा रह्यो ।