प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कपः एपिएफका आसिफ र प्रदीपकाे अर्धसतक

काठमाडौं । प्रधानमन्त्री कप ट्वान्टी २० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सोमबार प्रदेश नम्बर दुईविरुद्ध एपिएफ क्लबका ओपनरद्वय प्रदीप ऐरी र आसिफ शेखले अर्धसतकिय इनिङ खेलेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको एपिएफबाट आसिफ ६३ रन बनाएर पभेलियन फर्किदा प्रदीप ५४ रन बनाएर क्रिजमा छन् । आसिफले ४५ बलमा तीन चौका र पाँच छक्का प्रहार गरे । प्रदीपले ४४ बलमा आठ चौका प्रहार गरेका छन् ।

एपिएफले अहिले १५ ओभरको खेल समाप्त हुँदासम्म एक विकेट गुमाएर एक सय २३ रन जोडेको छ ।