मंसिर १६, २०८२ मंगलबार | १३:५९:२३
जनकपुरलाई चितवनको बलियो लक्ष्य अर्धशतक बनाउँदै पवेलियन फर्किए अर्जुन, चितवन बलियो योगफलतर्फ अग्रसर जनकपुरविरुद्ध मलानको अर्धशतक, चितवनको एक सय रन पूरा चितवनले पावरप्लेमा जोड्यो ३८ रन एनपिएलमा मंगलबारः जितको दबाबमा चारवटै टोली नेपाल र चाइनिज ताइपेइ पहिलोपटक खेल्दै एसिसी यु-१९ प्रिमियर कपः नेपाल उपविजेता साफ महिला क्लब च्याम्पियनसिपको टिकट दर तीन सय र पाँच सय साफ महिला यु-१९ च्याम्पियनसिपको छैटौं संस्करण पोखरामा राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग हुने जनकपुरलाई चितवनको बलियो लक्ष्य अर्धशतक बनाउँदै पवेलियन फर्किए अर्जुन, चितवन बलियो योगफलतर्फ अग्रसर जनकपुरविरुद्ध मलानको अर्धशतक, चितवनको एक सय रन पूरा चितवनले पावरप्लेमा जोड्यो ३८ रन एनपिएलमा मंगलबारः जितको दबाबमा चारवटै टोली नेपाल र चाइनिज ताइपेइ पहिलोपटक खेल्दै एसिसी यु-१९ प्रिमियर कपः नेपाल उपविजेता साफ महिला क्लब च्याम्पियनसिपको टिकट दर तीन सय र पाँच सय साफ महिला यु-१९ च्याम्पियनसिपको छैटौं संस्करण पोखरामा राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग हुने

जनकपुरलाई चितवनको बलियो लक्ष्य

काठमाडौं । इङ्लिस ओपनर डेविड मलानको ब्याटबाट रन निस्किँदा नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सविरुद्ध १७७ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।

मंगलबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ निर्णय गरेका कप्तान कुशल मल्लको ब्याटबाट पनि अन्तिम ओभरहरुमा रनको वर्षा भयो । फलस्वरुप २० ओभरको समाप्तिमा चितवनले चार विकेट गुमाउँदै १७४ रनको योगफल खडा गर्यो ।
५४ बलमा चार चौका र पाँच छक्कासहित ८० रनको पारी खेलेका मलानलाई उनका ओपनिङ जोडी अर्जुन साउदले गतिलो साथ दिए । साउदले ३९ बलमा चार चौका र तीन छक्कासहित ५२ रन बनाए । १४ बलको सामना गरेका कुशलले ३० रनको योगदान गरे ।

पछिल्ला चार खेलमा सस्तैमा पवेलियन फर्किएका मलानले दुईपटक जीवनदान पाए । जसको फाइदा मलानले मज्जाले उठाए ।  जनकपुरले नवौं र १४औं ओभरमा मलानको क्याच ड्रप गरेको थियो ।

पहिलो विकेटका लागि अर्जुन र मलानले ११२ रनको साझेदारी गरे । एनपिएल इतिहासमा यो आठौं सर्वाधिक साझेदारी हो । १४औं ओभरमा यान निकोल लोफ्टी इटनले अर्जुनको विकेट लिँदै जनकपुरलाई ब्रेक थ्रु दिलाए । उनी संजय कृष्णमूर्तीबाट क्याच भए । त्यसअघिको बलमा अर्जुनले पनि जीवनदान पाएका थिए । एनपिएलमा मलानसँगै अर्जुनको पनि यो पहिलो अर्धशतक हो ।

स्कोरबोर्डमा १२८ रन हुँदा चितवनले सेफ जैबलाई गुमायो । अनिल शाहको बलमा जैब पनि कृष्णमूर्तीबाटै क्याच भए । जैबले सात रन जोडे । त्यसपछि एनपिएल सिजन २ मा सर्वाधिक रनकर्ताको दौडमा शीर्ष स्थानमा रहेका रवी भोपारा तीन रन बनाउन नपाउँदै पवेलियन फर्र्किए । रुपेश सिंहको बलमा भोपारा माज सदाकतबाट क्याच भए । १५६ रन हुँदा सदाकतले मलानलाई एलबिडब्लुको शिकार बनाए ।

कुशल र छैटौं नम्बरका ब्याटर अमर रौटेलाले पाँचौं विकेटका लागि २० रनको साझेदारी गरे ।

समग्रमा जनकपुरका लागि माज सदाकत, अनिल शाह, रुपेश सिंह र यान निकोल लफ्टी इटनको नाममा समान एक विकेट रह्यो ।


भिडियो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2
ANIL MANDAL || ब्याटिङमा चुकिरहेका छौं, पार्नेललाई अनुभवी खेलाडी भएर कप्तानी जिम्मेवारी दिएका हौं ||
Subash Khakurel || राम्रो टिम हुँदैमा जितिन्छ भन्ने हुँदैन, RCB ले पनि बल्ल आइपिएल जितेको हो || NPL
JIMMY NEESHAM || NPL SEASON 2 मा मेरो यो अन्तिम खेल हो || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE