प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कपः लुम्बिनीविरुद्ध बागमती टस जितेर ब्याटिङमा

काठमाडौं । प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारको अन्तिम खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशविरुद्ध टस जितेर ब्याटिङ राेजेको छ ।

मुलपानी क्रिकेट मैदानमा १ः१५ बजेदेखि सुरु हुने खेलमा बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले लुम्बिनीलाई फिल्डिङको मौका दिएका हुन् ।

सोमबारदेखि सुरु भएको प्रतियोगितामा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले जित निकाली सकेका छन् । आर्मीले कर्णाली प्रदेशलाई ६३ र पुलिसले सुदुपश्चिम प्रदेशलाई दुई रनले पराजित गरेको हो ।