टेस्ट

न्युजिल्यान्डको फराकिलो अग्रता

वेलिङटन । ट्रेन्ट बोल्टले पाँच विकेट लिएपछि न्युजिल्यान्डले दोस्रो टेस्टमा बंगलादेशमाथि फराकिलो अग्रता लिएको छ । 

दोस्रो दिनको समाप्तीमा बंगलादेशका पहिलो इनिङ मात्र एक सय २६ रनमा सीमित भयो  । पहिलो इनिलमा न्युल्यिान्डले बंगलादेशमाथि तीन सय ९५ रनको अग्रता लिएको छ ।

बंगलादेशका यासिर अलीले ५५ र नुरुल हसनले ४१ रन जोडे पनि अन्य कुनै पनि ब्याटरले सम्हालिएको प्रदर्शन गर्न सकेनन् ।

न्युजिल्यान्डका बोल्टले १३.२ ओभरमा ४३ रन खर्चदै पाँच विकेट लिए भने टिम साउथीले तीन र काइल जेमिसनले दुई विकेट लिए । 

यसअघि ३४९-१ बाट दोस्रो दिनको खेल सुरु गरेको न्युजिल्यान्डले ५२१-६ मा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो ।

न्युजिल्यान्डका टम लाथमले दुई सय ५२ र डेभोन कन्वेले एक सय नौ रन जोडे । लाथम र कन्वेले दोस्रो विकेटका लागि दुई सय १५ रनको साझेदारी गरेका थिए ।

लाथमले तीन सय ७३ बलमा ३४ चैका र दुई छक्का प्रहार गरे भने कन्वेले एक सय ६६ बलमा १२ चौका र एक छक्का प्रहार गरे ।

पहिलो टेस्ट बंगलादेशले आठ विकेटले जितेको थियो ।