काठमाडौं । नेपालकी पुष्पा भण्डारीले सोमबार बंगलादेशको ढाकामा सम्पन्न बंगबन्धु शेख मुजीव ढाका म्याराथन २०२२ मा कास्य पदक जितेकी छन् ।
दक्षिण एसियालीतर्फको विधामा गत संस्करणकी स्वर्ण विजेता पुष्पाले निर्धारित दुरी दुई घण्टा ५५ मिनेट ३५ सेकेण्डमा पूरा गर्दै कास्य पदक जितिन् ।
यस विधामा भारतकी आरती दत्तात्रय पाटिलले निर्धारित दुरी दुई घण्टा ५३ मिनेट २८ सेकेण्डमा पूरा गर्दै स्वर्ण जित्दा भारतकै ज्योती गवाटेले निर्धारित दुरी दुई घण्टा ५४ मिनेट १५ सेकेण्डमा पूरा गर्दै रजत पदक जितिन् ।
त्यस्तै पुरुषतर्फ किरण बोगटी र नरेन्द्र सिंह रावतले प्रतिस्पर्धा गरे पनि पदक भने जित्न सकेनन् ।
पाँर्चाै स्थानमा रहने क्रममा किरणले निर्धारित दुरी दुई घण्टा २३ मिनेट ४३ सेकेण्डमा पूरा गरे ।