कार्तिक २८, २०८२ शुक्रबार | ०९:१४:०७
इङ्ल्यान्डको विजयी यात्रा जारी जिम्मी निशमले पोखराबाट खेल्ने फ्रान्स फिफा विश्वकपमा छनोट लालिगुँरास र देउरालीको खेल गोलरहित अन्तर्राष्ट्रिय फुटबलमा आदित्यको डेब्यु काठमाडौंलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साथ एनपिएलको टिकट दर ५०० देखि २ हजारसम्म अनन्तको गोलमा बंगलादेशसँग हारबाट जोगियो नेपाल नजिबुल्लाह जाद्रन कर्णालीमा अनुबन्ध अन्तर्राष्ट्रिय फुटबलमा दीपेशको डेब्यु इङ्ल्यान्डको विजयी यात्रा जारी जिम्मी निशमले पोखराबाट खेल्ने फ्रान्स फिफा विश्वकपमा छनोट लालिगुँरास र देउरालीको खेल गोलरहित अन्तर्राष्ट्रिय फुटबलमा आदित्यको डेब्यु काठमाडौंलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साथ एनपिएलको टिकट दर ५०० देखि २ हजारसम्म अनन्तको गोलमा बंगलादेशसँग हारबाट जोगियो नेपाल नजिबुल्लाह जाद्रन कर्णालीमा अनुबन्ध अन्तर्राष्ट्रिय फुटबलमा दीपेशको डेब्यु

जिम्मी निशमले पोखराबाट खेल्ने

काठमाडौं । न्युजिल्यान्डका अलराउन्डर जिम्मी निशमले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन खेल्ने भएका छन् ।

पोखराले शुक्रबार सामाजिक सञ्जालमामार्फत निसमलाई अनुबन्ध गरेको जानकारी दियो ।

उनी पोखरा भित्रिने चौथो विदेशी खेलाडी हुन् । टोलीले यसअघि इङ्लिस विकेटकिपर एडम रोसिङटन र अलराउन्डर ड्यानियल डाउथवेट तथा बार्बाडोसका अलराउन्डर रेमन रेइफरलाई भित्र्याएको थियो ।

निशमले पहिलो सिजनमा जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले ९ खेलमा एक अर्धशतकसहित २४७ रन बनाउनका साथै सात विकेट लिएका थिए ।

निशामले ९३ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा १ हजार १० रन बनाएका छन् । यसैगरी उनको नाममा ५६ अन्तर्राष्ट्रिय विकेट पनि छ ।

उनीसँग भारत, अस्ट्रेलिया, वेस्ट इन्डिज, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेशलगायतका फ्रेन्चाइज लिग खेलेको अनुभव छ  ।

कुशल भुर्तेल मार्की रहेको पोखराले सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, विपिन खत्री, तृतराज दास र दिनेश खरेललाई टोलीमै राख्ने निर्णय गरेको छ ।

गत संस्करण सातौं स्थानमा रहेको पोखराले मिनी अक्सनबाट अर्जुन कुमाल, अभिषेक तिवारी, कृष्ण पौडेल र सन्दीप केसीलाई  अुनबन्ध गरेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यस सिजन पनि पोखरासहित साविक विजेता जनकपुर बोल्ट्स, साविक उपिवजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।

एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ । पोखराले मंसिर २ गते विराटनगर किंग्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।


भिडियो
KATHMANDU को नयाँ रुप II नयाँ COACH का साथ यसपालीको लक्ष्य उपाधि II MONTY DESAI II NPL SEASON 2
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र