मंसिर २७, २०८२ शनिबार | ००:०९:००
एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत

जिम्मी निशमले पोखराबाट खेल्ने

काठमाडौं । न्युजिल्यान्डका अलराउन्डर जिम्मी निशमले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन खेल्ने भएका छन् ।

पोखराले शुक्रबार सामाजिक सञ्जालमामार्फत निशमलाई अनुबन्ध गरेको जानकारी दियो ।

उनी पोखरा भित्रिने चौथो विदेशी खेलाडी हुन् । टोलीले यसअघि इङ्लिस विकेटकिपर एडम रोसिङटन र अलराउन्डर ड्यानियल डाउथवेट तथा बार्बाडोसका अलराउन्डर रेमन रेइफरलाई भित्र्याएको थियो ।

निशमले पहिलो सिजनमा जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले ९ खेलमा एक अर्धशतकसहित २४७ रन बनाउनका साथै सात विकेट लिएका थिए ।

निशमले ९३ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा १ हजार १० रन बनाएका छन् । यसैगरी उनको नाममा ५६ अन्तर्राष्ट्रिय विकेट पनि छ ।

उनीसँग भारत, अस्ट्रेलिया, वेस्ट इन्डिज, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेशलगायतका फ्रेन्चाइज लिग खेलेको अनुभव छ  ।

कुशल भुर्तेल मार्की रहेको पोखराले सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, विपिन खत्री, तृतराज दास र दिनेश खरेललाई टोलीमै राख्ने निर्णय गरेको छ ।

गत संस्करण सातौं स्थानमा रहेको पोखराले मिनी अक्सनबाट अर्जुन कुमाल, अभिषेक तिवारी, कृष्ण पौडेल र सन्दीप केसीलाई  अुनबन्ध गरेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यस सिजन पनि पोखरासहित साविक विजेता जनकपुर बोल्ट्स, साविक उपिवजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।

एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ । पोखराले मंसिर २ गते विराटनगर किंग्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II