टेस्ट

लाथमको शतकप्रेरित न्युजिल्यान्डको सुखद सुरुआत

वेलिङटन । ओपनर टम लाथमको शतकप्रेरित न्युजिल्यान्डले बंगलादेशविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा उत्कृष्ट सुरुआत गरेको छ ।

टस हारेर ब्याटिङका लागि आएको न्युजिल्यान्ड आइतबार पहिलो दिनको समाप्तीमा ३४९-१ मा रहेको छ । 

लाथम अविजित एक सय ८६ र डेभोन  कनवेअविजित ९९ रनमा खेलिरहेका छन् । लाथम र कनवेले दोस्रो विकेटका लागि अविजित दुई सय एक रनको साझेदारी गरिसकेका छन् ।

लाथमले दुई सय ७८ बलमा २८ चौका प्रहार गरेका छन् कनवेले एक सय ४८ बलमा १० चौका र दुई छक्का प्रहार गरे । 

यसअघि लाथम र अर्को ओपनर विल योङले पहिलो विकेटका लागि एक सय ४८ रनको साझेदारी गर्दै न्युजिल्यान्डलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । 

योङले एक सय १४ बलमा पाँच चौका मद्दतमा ५४ रन प्रहार गरे ।

बंगलादेशका सोरिफुल इस्लामले एक विकेट लिए । 

गत साता सम्पन्न पहिलो टेस्टमा बंगलादेशले न्युजिल्यान्डले आठ विकेटको जित हात पारेको थियो ।