काठमाडौं । न्युजिल्यान्डका पूर्व कप्तान केन विलियमसनले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासकाे घाेषणा गरेकाछन् ।
उनले १४ वर्षे आफ्नो टी-ट्वान्टी अन्तर्राष्ट्रिय करियलाई बिश्राम दिने निर्णय लिए । ३५ वर्षीय विलियमसनले उनले ९३ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा १८ अर्धशतकसहित २ हजार ५७५ रन बनाएका छन् ।
न्युजिल्यान्डका लागि ७५ खेलमा कप्तानी गरेका विलियमसनको नेतृत्वमा टोली २०१६ र २०२२ मा टी-ट्वान्टी विश्वकपको सेमिफाइनल र २०२१ मा फाइनल पुगेको थियो ।
विलियमसनले सन् २०११ मा जिम्बावेविरुद्धको खेलमार्फत टी-ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए । यसैगरी विलियमसनले गत वर्ष पपुवा न्युगिनी (पिएनजी) विरुद्ध आफ्नो करियरको अन्तिम टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेले ।
‘टी ट्वान्टी क्रिकेट मेरो जीवनको ठूलो हिस्सा रह्यो । आफ्नो करियका दौरान पाएका अनुभव र सम्झनाका लागि आभारी छु । यो म र टोली दुवैका लागि उचित समय हो । अब नयाँ खेलाडीलाई अवसर दिन र विश्वकपका लागि तयार रहन आवश्यक छ,’ विलिमसनले संन्यासको घोषणा गर्दै भने ।
