लिटल फ्लावर प्रिमियर लिग

एलपीएललाई डिस होमको प्रयाेजन

धनगढी । धनगढीमा अगामी माघ २२ गते बाट आयोजना हुने विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग  (एलपीएल) लाई डिस मिडिया नेटवर्कले प्रायोजन गरेको छ ।

प्रतियोगितामा सहप्रायोजक रहने गरी डिस मिडिया नेटवर्कका तर्फबाट शुक्रबार सेल्स अफिसर लक्ष्मीराज जोशी र आयोजकका तर्फबाट लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

प्रतियोगितामा देशभरका १० विद्यालयका  टिमको सहभागिता रहनेछ । लिग कम नक आउट फरम्याटमा खेलाइने प्रतियोगितामा १० टिमलाई दुई समूहमा विभाजन गरिने छ ।

प्रत्येक टिममा १९ वर्षमुनिका चार जना खेलाडी राख्न पाइनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक भूपीसिंह धामीले बताए । त्यस्तै प्रतियोगिताकाे प्रत्येक खेलका प्लेयर अफ द म्याच, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत अवार्ड प्रदान गरिने छ  ।