आइसिसी

अबदेखि ३० यार्ड सर्कलभित्र चार खेलाडी

दुबई । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले शुक्रबार नयाँ नियम जारी गरेको छ ।

आइसिसीले जारी गरेको नियमअनुसार कुनै टोलीले निश्चित समयभित्र ओभर बलिङ गर्न नसकेमा प्रत्येक पटक ३० यार्ड सर्कलमा पाँचको ठाउँमा चार खेलाडी राख्नुपर्नेछ । आइसिसीले ‘स्लो ओभर’ का कारण नयाँ नियम जारी गरेको हो ।

‘तीनै फर्म्याटका क्रिकेटको गतिलाई अझ सुधार गर्नका लागि आइसिसी क्रिकेट कमिटीको सिफारिसअनुसार नयाँ नियम जारी गरिएको हो,’ आइसिसीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा याे नियम इङ्ल्याल्ड क्रिकेट बोर्डले ‘द हन्ड्रेड’ प्रतियोगितामा सफलतासाथ प्रयोगमा ल्याएपछि आइसिसीले यसलाई सम्पूर्ण क्रिकेटमा लागू गर्ने निर्णय गरेको बताएको छ ।