प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री कप  पुरुष राष्टिय ट्वान्टी २० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलअन्तर्गत २६ गते कीर्तिपुरमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश भिड्दा मुलपानी मैदानमा नेपाल पुलिस क्लबले सुदुरपश्चिम प्रदेशको सामना गर्नेछ ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णली प्रदेश, नेपाल पुलिस क्लब, सुदुरपश्चिम प्रदेश र प्रदेश नम्बर एक छन् । यस्तै समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, प्रदेश नम्बर दुई, बागमती प्रदेश, लुम्बिनी र गण्डकी प्रदेश छन् ।

पुस २६ गतेबाट सुरु हुने प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियाेगिताकाे फाइनल माघ पाँच गते हुनेछ ।

यसअघि प्रतियोगिता एकदिवसीय फर्म्याटमा हुने भए पनि नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक फर्म्याट परिवर्तन गरेको हो ।