काठमाडौं । नेपालले लगातार दोस्रो पटक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को ग्लोबल अवार्ड अन्तर्गत ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड जितेको छ ।
शनिबार सम्पन्न सम्पन्न आइसिसीको वार्षिक कन्फरेन्समा नेपाललाई यो अवार्ड प्रदान गरिएको हो । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले अवार्ड ग्रहण गरे ।
नेपालले गत वर्ष पनि डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको थियो ।
नेपाल एसियाली क्षेत्रको विजेताका रूपमा ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्डको ग्लोबल मनोनयनमा परेको थियो ।
यो अवार्डको मनोनयनमा नेपालसँगै अफ्रिकन क्षेत्रबाट नामिबिया, अमेरिकी क्षेत्रबाट बर्मुडा र पूर्वी एसिया प्रशान्त क्षेत्रबाट इन्डोनेसिया थिए ।
भिडियो
मधेशले देखाएको विश्वास र आशालाई पूरा गर्नेछु ll KOPILA UPRETY- COACH, MADHESH UNITED
उपाधि रक्षा गर्ने दबाब लिएर खेल्दैनौं ll SUMITRA REGMI- MARQUEE,KARNALI YASHVIS
टिम पनि पोखरा, खेल पनि पोखरा, क्रेज पनि पोखरा PRAGATI NATH-MARQUEE, POKHARA NINJAS
विदेशी खेलाडीसँगको तालमेलमा यसपालि ध्यान दिन्छौं ll NIRUTA THAGUNNA- MARQUEE, MADHESH UNITED
सुरुमा अक्सनको डर थियो, भिज्दै गएपछि त्यो डर हरायो ll SALINA SHRESTHA
सोचेअनुसारको खेलाडी पायौं ll USHA BHANDARI- MARQUEE, KATHMANDU SPIKERS
पोखरामा खेल हुने भएकोले सबैभन्दा बढी उत्साहित म नै छु ll ARUNA SHAHI-MARQUEE, LUMBINI LAVAS