फाल्गुन ५, २०८२ मंगलबार | ०७:३८:५५
स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने

बागमतीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं । बागमती प्रदेशले यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार सुदूरपश्चिम प्रदेशविरुद्ध डकवर्थ लुइस पद्धति (डिएलएस) का आधरामा १४ रनको जित दर्ता गरेको छ ।

चौथो जितसँगै पाँच खेलमा आठ अंक जोडेको बागमती दोस्रो स्थानमा छ । पराजित सुदूपश्चिम चार खेलबाट दुई अंकका साथ छैटौं स्थानमा छ ।

कालिञ्चोक क्रिकेट मैदानमा वर्षा बाधक बन्दा सुदूरपश्चिमले ४५ ओभरमा २०१ रनको नयाँ लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले ४५ ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै १८६ रन मात्रै बनाउन सक्यो ।

सुदूरपश्चिमका लागि आयुश चन्दले ११६ बलमा १० चौका र एक छक्काको मद्दतले सर्वाधिक ७७ रनको योगदान गरे । यसैगरी भास्कर जोशीले ३०, हिमाल दौलयालले १६ र रवि धामीले १० रन बनाए ।

बागमतीका लागि सूर्यान्शु कोइराला र शिवशक्ति महताले समान तीन तथा रोहित ठाकुर र सुशील साउदले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै  २१८ रनको योगफल तयार पारेको थियो ।

बगामतीका लागि कप्तान प्रसिद्ध जैसीले ४८, सूर्यान्शु कोइरालाले ४५, रोहित ठाकुरले ३८, शिवशक्ति महतोले २७, आशिष गुप्ताले २१ र सुशील साउदले अविजित १० रन बनाए ।

सुदूरपश्चिमका लागि कप्तान सचिन भट्टले १० ओभरमा एक मेडनसहित २१ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी सुशील रावलले तीन र हिमल दौलयालले एक विकेट लिए । 


भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL