असार ८, २०८२ आइतबार | ०७:४१:०५
वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैले गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो अबोध फुटबलरको सपनामा ‘भद्दामजाक’ वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैले गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो अबोध फुटबलरको सपनामा ‘भद्दामजाक’

बागमतीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं । बागमती प्रदेशले यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार सुदूरपश्चिम प्रदेशविरुद्ध डकवर्थ लुइस पद्धति (डिएलएस) का आधरामा १४ रनको जित दर्ता गरेको छ ।

चौथो जितसँगै पाँच खेलमा आठ अंक जोडेको बागमती दोस्रो स्थानमा छ । पराजित सुदूपश्चिम चार खेलबाट दुई अंकका साथ छैटौं स्थानमा छ ।

कालिञ्चोक क्रिकेट मैदानमा वर्षा बाधक बन्दा सुदूरपश्चिमले ४५ ओभरमा २०१ रनको नयाँ लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले ४५ ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै १८६ रन मात्रै बनाउन सक्यो ।

सुदूरपश्चिमका लागि आयुश चन्दले ११६ बलमा १० चौका र एक छक्काको मद्दतले सर्वाधिक ७७ रनको योगदान गरे । यसैगरी भास्कर जोशीले ३०, हिमाल दौलयालले १६ र रवि धामीले १० रन बनाए ।

बागमतीका लागि सूर्यान्शु कोइराला र शिवशक्ति महताले समान तीन तथा रोहित ठाकुर र सुशील साउदले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै  २१८ रनको योगफल तयार पारेको थियो ।

बगामतीका लागि कप्तान प्रसिद्ध जैसीले ४८, सूर्यान्शु कोइरालाले ४५, रोहित ठाकुरले ३८, शिवशक्ति महतोले २७, आशिष गुप्ताले २१ र सुशील साउदले अविजित १० रन बनाए ।

सुदूरपश्चिमका लागि कप्तान सचिन भट्टले १० ओभरमा एक मेडनसहित २१ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी सुशील रावलले तीन र हिमल दौलयालले एक विकेट लिए । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team