काठमाडौं । आरिफ शेखको अर्धशतप्रेरित नेपालले आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको चौथो तथा अन्तिम नेदरल्यान्ड्ससामु २३७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३६ रनको योगफल तयार पार्यो ।
नेपालका लागि आरिफले ८५ बलमा सात चौका र दुई छक्काको मद्दतले सर्वाधिक ८४ रनको योगदान गरे । यसैगरी भीम सार्की र कप्तान रोहितकुमार पौडेलले समान ३५, कुशल भुर्तेलले १८, दीपेन्द्रसिंह ऐरीले १६, बसिर अहमद र करण केसीले समान ११ तथा नन्दन यादवले अविजित १० रन बनाए ।
नेदरल्यान्डका लागि पउल भान मिकेरनले चार, माइकल लेभिटले तीन तथा आर्यन दत्तले एक विकेट लिए ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team