फाल्गुन ५, २०८२ मंगलबार | ०७:५०:१०
स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने

लुम्बिनी सेमिफाइनलमा

फाइल तस्विर।

काठमाडौं । लगातार दोस्रो जित निकाल्दै लुम्बिनी प्रदेश यु-१४ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा मंगलबार समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा लुम्बिनी ६४ रनले विजयी भयो ।

जितसँगै दुई खेलमा चार अंक जोडेको लुम्बिनी समूह ‘बी’ को विजेता बन्यो । दुवै खेलमा पराजित गण्डकी अंकवहिन बन्दै बाहिरियो ।

यसअघि लुम्बिनीले बागमतीलाई पराजित गर्दा गण्डकीले बागमतीसँग हार बेहोरेको थियो ।

लुम्बिनीको यो जितसँगै बागमती पनि उपविजेताका रूपमा अगाडि बढेको छ ।

लुम्बिनीले प्रस्तुत गरेको १२१ रनको लक्ष्य पछ्याएको गण्डकी १५.२ ओभरमा ५६ रनमै समेटियो ।

गण्डकीका लागि रोहन कुँवरले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लुम्बिनीका लागि रिजन बुढाथोकी र सक्क्षम बुढाथोकीले समान दुई तथा एलेक रावल, स्याङडुप तामाङ, आशिष नाउ, सुरज यादव र कप्तान सन्दीप थापाले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा तनि विकेट गुमाउँदै १२० रनको योगफल तयार पारेको थियो ।

लुम्बिनीका लागि जोन ओलीले ४६, आरोनजंग कार्कीले ३२, सुरज यादवले अविजित ११ र प्रिन्स थापाले १० रन बनाए ।

गण्डकीका लागि रोहन कुँवरले दुई र भुवन डुम्रेले एक विकेट लिए ।

मंगलबारै सम्पन्न अर्को खेलमा कर्णालीले कोशीविरुद्ध आठ विकेटको सहज जित दर्ता गर्यो ।


भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL