यु १९ एसिया कप

भारतले बंगलादेशलाई दियो २४४ रनको लक्ष्य

दुबई । सैक राशिदको अर्धशतकप्रेरित भारतले यु १९ एसिया कप क्रिकेट प्रतियोगितामा बंगलादेशसामु दुई सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट रंगशालामा टस हारेपछि ब्याटिङमा निम्त्याइएको भारतले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ४३ रनको योगफल तयार गर्यो ।

भारतका राशिदले सर्वाधिक ९० रन बनाए । राशिदले एक सय आठ बलमा तीन चौका र एक छक्का प्रहार गरे । त्यस्तै बिक्की ओस्तवलले २८, कप्तान यस धुलले २६, राज बावाले २३ र अङ्क्रिस रघुवंशीले र राजवर्धन हंगरगेकरले समान १६ रन जोडे ।

बंगलादेशका रकिबुल हसनले तीन विकेट लिए । त्यस्तै तन्जिम हसन, नैमुर रोहमन, एसएम मेहेरोब र अरिफुल इस्लामले समान एक विकेट लिए ।