यु १९ एसिया कप

पाकिस्तानलाई एक सय ४८ रनको लक्ष्य

दुबई । यु १९ एसिया कप क्रिकेटको सेमिफाइनलमा श्रीलंकाले पाकिस्तानसामु एक सय ४८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

आइसिसी एकेडेमीमा टस जितेर ब्याटिङमा आएको श्रीलंकाले ४४.५ ओभरमा सबै विकेट गुमाउनु अघि एक सय ४७ रनको योगफल तयार गर्यो ।

श्रीलंकाका यासिरु रोड्रिगो र मथिसा पथिरानाले समान ३१ रन बनाए । त्यस्तै अन्जला बन्धराले १३, चामिन्डु विकरामासिंघा र त्रेभिन म्याथ्युले १२/१२ रन जोडे ।

पाकिस्तानका जिसम जमिरले चार विकेट लिए । त्यस्तै अहमेद खान र अविस अलिले समान दुई र अर्हम नवाब र माज सदाकले एक/एक विकेट हात पारे ।