एसिसी यु १९ एसिया कप

नेपाली युवा टोली स्वदेश फिर्ता

काठमाडौं । एसिसी यु १९ एसिया कप खेलेर नेपाली युवा टोली बुधबार स्वदेश फर्किएको छ । 

युएईमा डिसेम्बर २४ बाट जारी प्रतियोगितामा समूह ‘बी’ मा रहेको नेपाल तीनै खेलमा पराजित भएपछि समूह चरणबाटै बाहिरिएको थियो । 

गत शुक्रबार पहिलो खेलमा बंगलादेशलाई नतिजा सुम्पिएको नेपाल आइतबार श्रीलकासँग पराजित भएको थियो । मंगलबार समूहको अन्तिम खेलमा पनि नेपालले कुवेतलाई नतिजा सुम्पिएको थियो । 

नेपाली टोलीलाई क्यानका केन्द्रिय सदस्य दुर्गा पाठकले स्वागत गरे ।