एसिसी यु १९ एसिया कप

बसिर अहमदको अर्धसतक

दुबई । यु १९ एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा कुवेतविरुद्व नेपाली ब्याटर बसिर अहमद अर्धसतक बनाएर पभेलियन फर्किएका छन् ।

टस हारेपछि ब्याटिङमा आएको नेपालबाट पाँचौ नम्बरमा ब्याटिङका लागि मैदान ओर्लिएका बसिरले ५९ बलमा ६ चौका र एक छक्कासहित ५० रन पूरा गरेका थिए । बसिर ६१ बलमा सात चौका र एक छक्कासहित ५६ रन बनाएर पभेलियन फर्किए ।

२८ ओभरको खेल सकिदा नेपालले सात विकेट गुमाएर एक सय ४३ रन जोडेको छ ।