एसिसी यु १९ एसिया कप

कुवेतविरुद्व विवेकको अर्धसतक

दुबई । यु १९ एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा कुवेतविरुद्व नेपाली ब्याटर विवेक मगर अर्धसतक बनाएर पभेलियन फर्किएका छन् ।

टस हारेपछि ब्याटिङमा आएको नेपालबाट चौथो नम्बरमा ब्याटिङका लागि मैदान ओर्लिएका विवेकले ७० बलमा ६ चौकासहित ५० रन पूरा गरेका थिए । उनले चौथो विकेटका लागि बासिर अहमदसँग ९२ रनको साझेदारी गरेका थिए ।

२४.१ ओभरको खेल सकिदा नेपालले चार विकेट गुमाएर एक सय २० रन जोडेको छ ।