एसेस टेस्ट शृंखला

अस्ट्रेलियालाई एसेस टेस्ट शृंखला

सिड्नी । स्कट बोल्यान्डले दोस्रो इनिङमा ६ विकेट लिएपछि अस्ट्रेलिायले इङ्ल्यान्डविरुद्धको एसेस शृंखला ३-० ले जितेको छ ।

तेस्रो टेस्टको तेस्रो दिन मंगलबार इङ्ल्यान्डलाई एक इनिङ र १४ रनले हराउँदै अस्ट्रेलियाले शृंखला आफ्नो पक्षमा पारेको हो । 

३१-४ बाट तेस्रो दिनको खेल सुरु गरेको इङ्ल्यान्डले थप ३७ रन जोड्दा बाँकी ६ विकेट गुमायो । 

इङ्ल्यान्ड  दोस्रो इनिङमा मात्र ६८ रनमा सीमत भएको थियो ।

दोस्रो दिनको समाप्तीमा अविजित १२ रनमा खेलिरहेका कप्तान जो रुटले थप १६ रन जोडे । रुटलाई २८ रनको व्यक्तिगत स्कोरमा स्कट बोल्यान्डले डेविड वार्नरबाट क्याच गराए ।  रुटबाहेक इङल्यान्डका कुनै पनि ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

पहिलो इनिङमा इङ्ल्यान्ड एक सय ८५ रनमा सीमित भएको थियो भने अस्ट्रेलियाले दुई सय ६७ रन जोड्दै ८२ रनको अग्रता लिएको थियो ।

इङ्ल्यान्डको इनिङ धरासायी बनाउने क्रममा अस्ट्रेलियाका बोल्यान्डले चार ओभरमा मात्र सात रन खर्चदै ६ विकेट लिए । मिचेल स्टार्कले तीन विकेट लिए । क्यामरुन ग्रिनको नाममा एक विकेट रह्यो ।