एसिसी यु १९ एसिया कप

कुवेतविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । एक खेल अगावै यु १९ एसिया कपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तिम खेलमा कुवेतविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको छ । युएईस्थित आइसिसी एकेडेमीको मैदानमा सुरु भएको खेलमा नेपाल पहिलो जितको खोजीमा छ ।

यसअघि श्रीलंका र बंगलादेशसँग पराजित भएको नेपालको समूह चरणमा यो अन्तिम खेल हो । नेपाल रहेको समूह बीबाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । नेपालसँगै कुवेत पनि एक खेल अगावै प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

आइसिसी एकेडेमीको मैदानमा २.१ ओभर सकिँदा नेपालले एक विकेट गुमाएर १५ रन जोडेको छ । नेपालका लागि कप्तान देव खनाल ५ र अर्जुन साउद ३ रन बनाएर क्रिजमा छन् ।