भारत र दक्षिण अफ्रिका शृंखला

भारत र दक्षिण अफ्रिकाबीचको टेस्ट वर्षाले प्रभावित

सेन्चुरियन । भारत र दक्षिण अफ्रिकाविरुद्ध जारी दोस्रो टेस्टको दोस्रो दिन सोमबार वर्षाका कारण खेल सुरु हुन सकेको छैन ।

दोस्रो सेसनको समय सकिइसक्दा समेत खेल सुरु हुन नसक्दा सोमबारको पूरा खेल वासआउट हुने सम्भावना बढेको छ ।

पहिलो दिन ओपनर केएल राहुलको कीर्तिमानी एक सय २२ रन प्रेरित भारतले तीन विकेटको क्षतिमा दुई सय ७२ रनको योगफल बनाएको थियो । राहुलसँगै अजिन्क्या राहने ४० रन बनाएर अविजित क्रिजमा छन् ।

भारत अहिले तीन टेस्ट र तीन एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको शृंखलाका लागि दक्षिण अफ्रिका भ्रमणमा छ । शृंखलाको पहिलो टेस्टको पहिलो दिन भारतले सानदार सुरुआत गर्दा दक्षिण अफ्रिकाका लुंगी एनगिडीमात्र विपक्षी ब्याटरमाथि हावी भए । एनगिडीले ४५ रन खर्चेर तीन विकेट लिएका थिए ।

शीर्ष वरियताको भारत दक्षिण अफ्रिकामा टेस्ट शृंखला जित्ने लामो समयदेखिको प्रतिक्षा यसपाली पूरा हुने अपेक्षामा छ ।