रे इलिङवर्थ

इङ्ल्यान्डका पूर्व कप्तान इलिङवर्थको निधन

लन्डन । इङ्ल्यान्डका पूर्व कप्तान रे इलिङवर्थको ८९ वर्षको उमेरमा शनिबार निधन भएको छ । इङ्ल्यान्डलाई सन् १९७०–७१ मा अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिज जिताएका इलिङवर्थ क्यानसरसँग लडिरहेका थिए ।

इलिङवर्थले इङ्लिस टोलीबाट १९५८ देखि १९७३ को बीचमा ६१ टेस्ट म्याच खेल्दै १ हजार ८३६ रन बनाएका थिए । उनले सोही दौरान १२२ विकेट पनि लिएका थिए । तीमध्ये उनले ३१ खेलमा कप्तानी गरेका थिए भने १२ खेलमा इङ्ल्यान्ड विजयी भएको थियो ।

उनको नेतृत्वमा योर्कसायरले १९५९ देखि १९६८ को बीचमा सात राष्ट्रि स्तरका उपाधि जितेको थियो ।

उनको निधनप्रति दुख व्यक्त गर्दै योर्कसायर काउन्टी क्रिकेट क्लबले इलिङवर्थलाई सर्वाधिक सफल र आधुनिक कप्तानको रूपमा प्रशंसा गरेको छ ।