यु-१९ एसिया कप

श्रीलंकाविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं । एसिसी यु १९ एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा श्रीलंकाविरुद्ध नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको छ । पहिलो खेलमा पराजित नेपाल आज मैदान उत्रदा जित्ने पर्ने दबाबमा हुनेछ ।

समूह ‘बी’ को पहिलो खेलमा नेपालले बंगलादेशलाई एक सय ५४ रनको नतिजा सुम्पिएको थियो । श्रीलंकाले भने पहिलो खेलमा कुवेतमाथि दुई सय ७४ रनको जित निकालेको थियो ।

समूह ‘बी ’मा दुई खेलमा शतप्रतिशत नतिजा ल्याएको बंगलादेश चार अंकसहित शीर्ष स्थानमा छ भने एक खेलमा दुई अंक बटुलेको श्रीलंका दोस्रो स्थानमा छ । कुवेत र नेपालले अंक खाता खोलेका छैनन् ।

दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । त्यसैले सेमिफाइनल प्रवेशको सम्भावना जीवित राख्न नेपाललाई श्रीलंकाविरुद्ध जितको विकल्प छैन ।

समूहको अन्तिम खेलमा नेपालले  मंगलबार कुवेतको सामना गर्नेछ ।