प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता

आजबाट सेमिफाइनलका खेलहरु

धनगढी । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइल शनिबार हुदैंछ ।

फाप्ला क्रिकेट मैदानमा हुने पहिलो सेमिफाइनलमा प्रदेश एक र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गर्नेछन् । दोस्रो सेमिफाइनलमा विभागीय टोली एपिएफ र लुम्बिनी प्रदेश खेल्नेछन् ।

प्रदेश एक समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो भने सुदुरपश्चिम प्रदेश समूह ‘बी’ को उपविजेता हो ।

प्रदेश एक र एपिएफले समूह .विजेता बन्ने क्रममा आ-आफ्नो समूहका तीन खेलमा शतप्रतिशत नतिजा ल्याएका थिए ।

त्यस्तै  एपिएफ समूह ‘बी’ को विजेता र  म्बिनी प्रदेश समूह ‘ए’ को उपविजेताकाे रुपमा  सेमिफाइनल प्रवेश गरेको हो