यु १९ एसिया कप

देवको कप्तानीमा नेपाली यु १९ टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार यु १९ एसिया कपका लागि नेपाली यु १९ क्रिकेट टोलीको  घोषणा गरेको छ ।

क्यानले देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानमा शेर मल्ल छन् भने अन्य सदस्यमा दिपेश कडेल, विकेक यादव,गुल्शन झा,विकेट राना मगर,सन्तोष कार्की,आदील अन्सारी,तिलक राज भण्डारी, अर्जुन कुमाल,वसिर अहमद,दुर्गेश गुप्ता,प्रकाश जैसी,अर्जुन साउद र राहुल भण्डारी रहेका छन् ।

क्यानले गत साता २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।

टोलीको प्रमुख प्रशिक्षकमा वसन्त शाही र व्यवस्थापकमा धर्मराज गिरी रहेका छन् ।

समूह बी मा रहेको नेपालले डिसेम्बर २३ मा बंगलादेश, डिसेम्बर २६ मा श्रीलंका र डिसेम्बर २८ मा कुवेतको सामना गर्नेछ । 

समूह ए मा पाकिस्तान, भारत, अफगानिस्तान र आयोजक युएई रहेका छन् ।

दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।