मंसिर ८, २०८१ शनिबार | २१:३७:१७
चेल्सीको रोमाञ्चक जित मुकेश र सन्तोषी च्याम्पियन काठमाडौंमा कुनै पनि कमजोरी छैनः शाहब आलम नेत्रहीन क्रिकेट विश्वकपः नेपाल श्रीलंकासँग पराजित काठमाडौंको बलियो पक्ष एकता होः भीम सार्की एनपिएलको प्रत्यक्ष प्रशारण ‘फ्यानकोड’ मा पनि हुने रविन चन्दले हेल्प नेपालबाट खेल्ने सरस्वती क्लबले थ्री बाइ थ्री स्ट्रीट विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने ग्वार्डिओलालाई सफलताको भोक उस्तै के भइरहेछ एसियाली विश्वकप छनोटमा ? चेल्सीको रोमाञ्चक जित मुकेश र सन्तोषी च्याम्पियन काठमाडौंमा कुनै पनि कमजोरी छैनः शाहब आलम नेत्रहीन क्रिकेट विश्वकपः नेपाल श्रीलंकासँग पराजित काठमाडौंको बलियो पक्ष एकता होः भीम सार्की एनपिएलको प्रत्यक्ष प्रशारण ‘फ्यानकोड’ मा पनि हुने रविन चन्दले हेल्प नेपालबाट खेल्ने सरस्वती क्लबले थ्री बाइ थ्री स्ट्रीट विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने ग्वार्डिओलालाई सफलताको भोक उस्तै के भइरहेछ एसियाली विश्वकप छनोटमा ?

काठमाडौंको बलियो पक्ष एकता होः भीम सार्की

भीम सार्की, तस्विरः सरोज सापकोटा/ खेलाडी ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमाडौं गुखार्जका ब्याटर भीम सार्कीले एकता नै टोलीको बलियो पक्ष  बताएका छन् ।

आसन्न एनपिएलका लागि शनिबार त्रिवि क्रिकेट मैदानमा अभ्यासका दौरान खेलाडी डट कमसँगको कुराकानीमा भीमले टोलीको एकता राम्रो रहेको  प्रतिक्रिया दिए ।

‘हाम्रो टोली एकताबद्ध छ । सबैले एक-अर्कालाई साथ र सहयोग प्रदान गरिरहेका छौं । खेल जित्न एकताले ठूलो भूमिका खेल्नेछ भन्ने लाग्छ,’ भीमले भने, ‘टोलीको कमजोर पक्ष खासै छैन । सुधार गर्नुपर्ने केही ठाउँ छन् । हामीसँग एक हप्ताको समय छ । हामी त्यसमा काम गर्नेछौं ।’

त्यस्तै भीमले अन्य सात टोलीको चुनौती पन्छाउन तयार रहेको बताए । भीमले भने, ‘म आफ्नो टोलीप्रति विश्वस्त छु । को कति बलियो छ भन्दा पनि मलाई आफ्नो टोलीमा विश्वास छ । हामी राम्रो खेल्नेछौं । ट्वान्टी-२० को स्पिरिट अनुसार खेल्नेछौं । उपाधि जित्नेछौं ।’

यसैगरी भीमले विदेशी खेलाडीबाट सिक्न इच्छुक रहेको पनि सुनाए । ‘हाम्रो लागि यो एउटा अवसर हो । उनीहरुले यसअघि ठूल–ठूला प्रतियोगिता खेलिसकेका छन् । उनीहरुबाट धेरै कुरा सिक्ने इच्छा छ ।’

काठमाडौंले विदेशी खेलाडीमा इङ्लिस अलराउन्डर डेनियल एलेक्जेन्डर डौथवेइट, अस्ट्रेलियन ब्याटर स्टेफन इस्किनाजी र नामिबियन अलराउन्डर जेर्हार्ड इरस्मसलाई अनुबन्ध गरेको छ ।

यही मंसिर १५ गतेबाट पुस ६ गतेसम्म कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा हुने एनपिएलको पहिलो संस्करणमा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । काठमाडौंले पहिलो खेलमा मंसिर १७ गते चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ ।

काठमाडौंको मार्की खेलाडीमा बलिङ अलराउन्डर करण केसी र मुख्य प्रशिक्षकमा बसन्त शाही छन् ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DEEPAK lAMA, Member Secretary, Bagmati Province Sports Council
Kathmandu Gurkhasका Iconic खेलाडी Krish Karki भन्छन्ः सिनियर दाइहरुसँग धेरै कुरा सिकिरहेको छु
Shahab aalam भन्छन्ः @Kathmandu9898Kathmandu Gurkhasमा कुनै कमजोरी नै छैन । उपाधि हाम्रै हो
KHELADI TALKS WITH AJAY PHUYAL II Gyanendra Malla Head Coach , @KarnaliYaks
तयारी राम्रो भइरहेको छ Shikhar Dhawan 13 गते आइपुग्छन् , उपाधि जित्छौं : RAJU BASNYAT Karnali Yaks
टिभीमा हेरेको दाइहरुसँग @KarnaliYaks को ड्रेसिङ रुम सेयर गर्न पाउँदा गौरव लागिरहेछ : BIPIN SHARMA
नेटमा भए पनि Shikhar Dhawan को विकेट लिन्छु : NANDAN YADAV PLAYER @KarnaliYaks @OfficialNPLT20