मंसिर ९, २०८१ आइतबार | ००:२३:११
त्रिज्योतिको दोहोरो जित अन्तरविद्यालय बास्केटबलः जेसिस र केभिसी सेमिफाइनलमा चेल्सीको रोमाञ्चक जित मुकेश र सन्तोषी च्याम्पियन काठमाडौंमा कुनै पनि कमजोरी छैनः शाहब आलम नेत्रहीन क्रिकेट विश्वकपः नेपाल श्रीलंकासँग पराजित काठमाडौंको बलियो पक्ष एकता होः भीम सार्की एनपिएलको प्रत्यक्ष प्रशारण ‘फ्यानकोड’ मा पनि हुने रविन चन्दले हेल्प नेपालबाट खेल्ने सरस्वती क्लबले थ्री बाइ थ्री स्ट्रीट विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने त्रिज्योतिको दोहोरो जित अन्तरविद्यालय बास्केटबलः जेसिस र केभिसी सेमिफाइनलमा चेल्सीको रोमाञ्चक जित मुकेश र सन्तोषी च्याम्पियन काठमाडौंमा कुनै पनि कमजोरी छैनः शाहब आलम नेत्रहीन क्रिकेट विश्वकपः नेपाल श्रीलंकासँग पराजित काठमाडौंको बलियो पक्ष एकता होः भीम सार्की एनपिएलको प्रत्यक्ष प्रशारण ‘फ्यानकोड’ मा पनि हुने रविन चन्दले हेल्प नेपालबाट खेल्ने सरस्वती क्लबले थ्री बाइ थ्री स्ट्रीट विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने

म्याच विनिङ प्रदर्शनको आशा गरिरहेको छु: देव खनाल

देव खनाल ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सका खेलाडी देव खनालले म्याच विनिङ प्रदर्शनको आशा गरिरहेको बताएका छन् ।

आसन्न एनपिएलका लागि शुक्रबार मुलपानी मैदानमा अभ्यासका दौरान देवले खेलाडी डटकमसँगको आफ्नो व्यक्तिगत लक्ष्यका बारेमा बोलेका हुन् ।

‘म्याच विनिङ प्रदर्शनको आशा छ । एनपिएल नेपालमा हुन लागेको अहिलेसम्मकै ठूलो फ्रेन्चाइज प्रतियोगिता हो । यसका लागि एकदमै उत्साहित छु,’ देवले भने, ‘सानै देखि आइपिएल र विग व्यास लिग हेरिरहेको थिएँ । एनपिएल पनि आउने दिनमा यिनै चर्चित लिगमा गनिनेछ । म यसका लागि तयार छु ।’

त्यस्तै देवले शिखर धवन जस्ता विश्व क्रिकेटका ठूला स्टार खेलाडीसँग ड्रेसिङ रुम सेयर गर्न पाउँँदा उत्साहित रहेको बताए । ‘शिखर धवनलाई लिएर एकदमै उत्साहित छु । ड्रेसिङ रुम सेयर गर्दैंछु । त्यसले पनि टोलीमा थप जोस थपिएको छ ।’

कर्णालीको मार्की खेलाडीमा सोमपाल कामी छन् । राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी गुल्सन झाको उपस्थितिले टोली झन् मजबुत देखिएको छ । देव टोलीले उपाधि जित्ने विश्वास गर्छन् । भन्छन्, ‘टोली राम्रो गतिमा गइरहेको छ । हामीसँग राम्रा अलराउन्डरहरु छन् । नेपालकै नम्बर वान गुल्सन हामीसँगै छ । अमेरिकामा सोमपाल दाईले अन्तिम केही खेलमा आफ्नो लय समातेका थिए । यसले टोलीमा सकारात्मक प्रभाव पारेको छ ।’

कर्णालीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल छन् ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DEEPAK lAMA, Member Secretary, Bagmati Province Sports Council
Kathmandu Gurkhasका Iconic खेलाडी Krish Karki भन्छन्ः सिनियर दाइहरुसँग धेरै कुरा सिकिरहेको छु
Shahab aalam भन्छन्ः @Kathmandu9898Kathmandu Gurkhasमा कुनै कमजोरी नै छैन । उपाधि हाम्रै हो
KHELADI TALKS WITH AJAY PHUYAL II Gyanendra Malla Head Coach , @KarnaliYaks
तयारी राम्रो भइरहेको छ Shikhar Dhawan 13 गते आइपुग्छन् , उपाधि जित्छौं : RAJU BASNYAT Karnali Yaks
टिभीमा हेरेको दाइहरुसँग @KarnaliYaks को ड्रेसिङ रुम सेयर गर्न पाउँदा गौरव लागिरहेछ : BIPIN SHARMA
नेटमा भए पनि Shikhar Dhawan को विकेट लिन्छु : NANDAN YADAV PLAYER @KarnaliYaks @OfficialNPLT20