मंसिर ९, २०८१ आइतबार | ०३:००:२८
त्रिज्योतिको दोहोरो जित अन्तरविद्यालय बास्केटबलः जेसिस र केभिसी सेमिफाइनलमा चेल्सीको रोमाञ्चक जित मुकेश र सन्तोषी च्याम्पियन काठमाडौंमा कुनै पनि कमजोरी छैनः शाहब आलम नेत्रहीन क्रिकेट विश्वकपः नेपाल श्रीलंकासँग पराजित काठमाडौंको बलियो पक्ष एकता होः भीम सार्की एनपिएलको प्रत्यक्ष प्रशारण ‘फ्यानकोड’ मा पनि हुने रविन चन्दले हेल्प नेपालबाट खेल्ने सरस्वती क्लबले थ्री बाइ थ्री स्ट्रीट विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने त्रिज्योतिको दोहोरो जित अन्तरविद्यालय बास्केटबलः जेसिस र केभिसी सेमिफाइनलमा चेल्सीको रोमाञ्चक जित मुकेश र सन्तोषी च्याम्पियन काठमाडौंमा कुनै पनि कमजोरी छैनः शाहब आलम नेत्रहीन क्रिकेट विश्वकपः नेपाल श्रीलंकासँग पराजित काठमाडौंको बलियो पक्ष एकता होः भीम सार्की एनपिएलको प्रत्यक्ष प्रशारण ‘फ्यानकोड’ मा पनि हुने रविन चन्दले हेल्प नेपालबाट खेल्ने सरस्वती क्लबले थ्री बाइ थ्री स्ट्रीट विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने

नेपाललाई एकदिवसीय अभ्यास शृंखला

कर्नाटकाविरुद्ध अर्धशतक प्रहार गरेका आकाश त्रिपाठी (बायाँ) र मायन यादव, तिस्वरः क्यान ।

काठमाडौं ।  नेपाली यु-१९ टोलीले कर्नाटनाविरुद्धको एकदिवसीय अभ्यास शृखला ३-२ ले आफ्नो पक्षमा पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न पाँचौं तथा अन्तिम खेलमा आकाश त्रिपाठी र मायन यादवको उत्कृष्ट प्रदर्शनप्रेरित नेपाल सात विकेटले विजयी भयो । यसअघि कर्नाटका एक र पाँच विकेट तथा नेपाल सात विकेट र १२१ रनले विजयी भएका थिए ।

कर्नाटकाले प्रस्तुत गरेको १९२ रनको लक्ष्य नेपालले ३९.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि आकाशले १०५ बलमा सात चौका र एक छक्काको मद्दतले अविजित ८९ रनको योगदान गरे । यसैगरी मायनले ६६ बलमा ६ चौका र एक छक्काको मदद्तले ५०, अर्जुन कुमालले २१ र नरेन साउदले अविजित १८ रन बनाए ।

कर्नाटका लागि प्रनभ आश्वथले दुई तथा तेजसले एक विकेट लिए ।

कर्नाटकाविरुद्ध विकेट लिएपछि खुसियाली मनाउँदै नेपाली खेलाडी, तिस्वरः क्यान । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्नाटकाले ५० ओभरमा सबै विकेट गुमाउँदै १९१ रनको योगफल तयार पारेको थियो ।

कर्नाटकाका लागि कप्तान रोहितले ४१, इशा पुथिगेले अविजित ३८, गगन रावले ३४, शिवले २२ र मालातेशले १० रन बनाए ।

नेपालका लागि कप्तान हेमन्त धामीले तीन तथा अभिषेक तिवारी, नरेन साउद र युवराज खत्रीले समान दुई विकेट लिए ।

नेपालले एसिसी यु-१९ एसिया कपको तयारी स्वरुप कर्नाटकाको युवा टोलीसँग अभ्यास शृंखला खेलेको हो । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DEEPAK lAMA, Member Secretary, Bagmati Province Sports Council
Kathmandu Gurkhasका Iconic खेलाडी Krish Karki भन्छन्ः सिनियर दाइहरुसँग धेरै कुरा सिकिरहेको छु
Shahab aalam भन्छन्ः @Kathmandu9898Kathmandu Gurkhasमा कुनै कमजोरी नै छैन । उपाधि हाम्रै हो
KHELADI TALKS WITH AJAY PHUYAL II Gyanendra Malla Head Coach , @KarnaliYaks
तयारी राम्रो भइरहेको छ Shikhar Dhawan 13 गते आइपुग्छन् , उपाधि जित्छौं : RAJU BASNYAT Karnali Yaks
टिभीमा हेरेको दाइहरुसँग @KarnaliYaks को ड्रेसिङ रुम सेयर गर्न पाउँदा गौरव लागिरहेछ : BIPIN SHARMA
नेटमा भए पनि Shikhar Dhawan को विकेट लिन्छु : NANDAN YADAV PLAYER @KarnaliYaks @OfficialNPLT20