एसेस टेस्ट शृंखला

हेडको आक्रामक सतक

सिड्नी । ट्रेविस हेडको आक्रामक सतकप्रेरित अस्ट्रेलियाले इङल्यान्डविरुद्धको एसेस शृंखलाको पहिलो टेस्टको पहिलो इनिङमा बलियो पकड बनाएको छ ।

दोस्रो दिनको समाप्तीमा अस्ट्रेलिया ३४३-७ मा खेलिरहेको छ । अस्ट्रेलियाले भ्रमणकारी टोलीमाथि एक सय ९६ रनको अग्रता लिइसकेको छ । अस्ट्रेलियाका हेड अविजित एक सय १२ रनमा र मिचेल स्टार्क अविजित १० रनमा खेलिरहेका छन् । हेडले ९५ बल खेल्दै १२ चौका र दुई छक्का प्रहार गरे । 

१० रन जोड्दा ओपनर मार्कुस ह्यारिसलाई गुमाएको अस्ट्रलियाको इनिङ दोस्रो विकेटका लागि डेविड वार्नर र मार्नुस लाबुसेनले एक सय ५६ रनको साझेदारी गर्दै उकासेका थिए । 

वार्नरले एक सय ७६ बलमा ११ चौका र दुई छक्का प्रहार गर्दा लाबुसेनले एक सय १७ बलमा ६ चौका दुई छक्का प्रहार गरे ।

इङल्यान्डका ओले रोबिन्सनले तीन विकेट लिए । 

यसअघि बुधबार टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डको पहिलो इनिङ एक सय ४७ रनमा सीमित बनेको थियो ।  तर वर्षा र खराब प्रकाशका कारण पहिलो दिन पूरा ओभरको खेल भने सम्भवन भएको थिएन ।