यु-१९ एसिया कप

यु-१९ एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिक्रेट संघ (क्यान)ले युएईमा डिसेम्बर २० बाट सुरु हुने यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि २० सदस्यीय नेपाली पुरुष क्रिकेट टोलीको घोषणा गरेको छ ।

क्यानले आइतबार सम्पन्न वाइवाई यु -१९ राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताबाट २० खेलाडीलाई छनोट गर्दै बन्द प्रशिक्षणका लागि बोलाएको हो । 

बन्द प्रशिक्षण मंसिर २२ गतेबाट सुरु हुने क्यानले जनाएको छ ।

२० सदस्यीय टोलीमा देव खनाल, मोहम्मद हुसैन, वासर अहमद, सन्तोष कार्की, विवेक यावद, विवेक रानामगर, तिकल राज भण्डारी, सोनु अन्सारी, दिपेश कडेल, अर्जुन कुमाल, कमल परियार, अनुज कुमार चुनारा, प्रकाश जैशी, वसन्त कार्की, अर्जुन साउद, शेर मल्ल, राहुल भण्डारी, गुल्सन झा, विपिन सिलवाल र आदिल अन्सारी रहेका छन् ।

प्रतियोगितामा आयोजक युएईसहित, नेपाल,भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभाविगता रहेको छ । 

प्रतियोगिता डिसेम्बर २० देखी जनबरी दुई सम्म संचालन हुनेछ ।