वाइवाई यु-१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता

यु १९ क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनीलाई

काठमाडौं । सुदूरपश्चिम प्रदेसलाई एक सय १३ रनले पराजित गर्दै लुम्बिनी प्रदेसले आइतबार वाइवाई यु १९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दुई सय १३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम २८.३ ओभरमा ९९ रनमै सीमित भयाे।

सुदुरपश्चिमका लोकेश बमले २५ रन बनाए । त्यस्तै कप्तान खडक बोहराले २१, शेर मल्लले १५ र नारायण जोशीले ११ रन जोडे ।

लुम्बिनीका अजय चौहानले पाँच विकेट लिए । ५.३ ओभर बलिङ गरेका अजयले २० रन खर्चिए । त्यस्तै दुर्गेश गुप्ताले तीन तथा मोहमद हुसैनले दुई विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको लुम्बिनीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँनुअघि दुई १२ रनको योगफल खडा गरेको थियो ।

लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७० रन बनाएका थिए । देवले ९५ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । त्यस्तै विशालविक्रक कार्कीले पनि ६९ बलमा चार चौका र दुई छक्कासहित ५१ रनको अर्धशतकिय पारी खेलेका थिए । दुर्गेश गुप्ताले ३२ र प्रज्वल थापाले २४ रन बनाए ।

सुदुरपश्चिमका आकाश चन्दले तीन विकेट लिएका थिए । यस्तै हेमन्त धामी र शेर मल्लले समान दुई विकेट लिदाँ नरेन साउद र राहुल भण्डारीले एकरएक विकेट हात पारेका थिए ।