एसेस शृंखला

अस्ट्रेलियन टेस्ट टोलीबाट ‘डेब्यु’ गर्दै क्यारी

सिड्नी ।  विकेटकिपर एलेक्स क्यारीले अर्को हप्ताबाट सुरु हुने इङ्ल्यान्डविरुद्धको एसेस शृंखलाबाट अस्ट्रेलियाकाे टेस्ट टोलीमा ‘डेब्यु’ गर्ने भएका छन् ।

क्रिकेट अस्ट्रेलिया (सिए) ले बिहिबार पूर्व कप्तान टिम पेनको स्थानमा सुरुआती दुई टेस्टमा क्यारीले विकेटकिपरको भुमिका निभाउने जनाएसँगै उनले अस्ट्रेलियाको टेस्ट टोलीबाट ‘डेब्यु’ गर्ने पक्का भएको हो ।

‘म यस अवसरप्रति निकै आभारी छु । यसले एसेसअघि ममा निकै रोमाञ्चकता प्रदान गरेको छ । म अहिले टोलीलाई एसेस शृंखला दिलाउने उद्देश्यसाथ आफ्नो भुमिका पूरा गर्न तयारी गरिरहेको छु,’ क्यारीले भने, ‘यो मेरो पहिलो प्रशिक्षक रहनुभएका बुवा तथा सम्पूर्ण परिवारको सहयोग र हौसलाले सम्भव बनेको अवसर हो । म अस्ट्रेलियन क्रिकेटको गौरवलाई अझ उचाई दिन एसेसमा आफ्नो उत्कृष्ट दिने छु ।’

क्यारीले पछिल्लोे नौ खेलमा ५९.६४ को औसतमा रन बनाउँदा चार सतक प्रहार गरेका छन् ।