वाइवाई यु-१९ पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता

लुम्बिनी फाइनलमा

काठमाडौं । प्रदेस दुईलाई नौं विकेटले हराउँदै लुम्बिनी प्रदेस वाइवाई यु–१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा फाइनल प्रवेश गरेको छ ।

तालिकाकाे शीर्ष स्थानमा रहेकाे लुम्बिनीले ६ खेलमा १० अंक जोड्दै प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको हो । पाँच  खेलमा चार अंक जोडेको प्रदेस दुई भने तालिकाको छैटौं स्थानमा छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बुधबार एक सय ६९ रनको लक्ष्य लुम्बिनीले २६.५ ओभरमा एक विकेट गुमाउँदै एक पूरा गर्यो ।

लुम्बिनीको जितमा कप्तान देव खनालले सर्वाधिक ६२ रन बनाए । उनले ८९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै आकाश त्रिपाठीले ५७ र प्रज्वल थापाले १३ रन बनाए ।

प्रदेश दुईका सन्तोष कार्कीले एकमात्र विकेट लिएका थिए ।

यसअघि टस हारेर ब्याटिङकाे निम्तो पाएको प्रदेश दुईले ३९.५ ओभरमा सबै विकेट गुमाउँनु अघि एक सय ६८ रनको योगफल खडा गरेको थियो ।

प्रदेश दुईका लागि सन्तोषले ८२ रन बनाएका थिए । यस्तै गुल्सन झाले ३२ र आदिल अन्सारीले २२ रन जोडेका थिए ।

लुम्बिनीका वासिर ऐमदले सर्वाधिक पाँच विकेट तथा विशालविक्रम शाहीले तीन र राहुल चौधरीले दुई विकेट लिए ।