वाइवाई यु-१९ पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता

सुदुरपश्चिमको फाइनल प्रवेश सम्भावना बलियो

काठमाडौं । प्रदेस एकलाई ६ विकेटले पराजित गर्दै सुदुरपश्चिम प्रदेशले वाइवाई यु १९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गर्ने सम्भावन बलियो बनाएको छ ।

मुलपानी क्रिकेट मैदानमा प्रदेस एकले प्रस्तुत गरेको ९० रनको झिनो लक्ष्य सुदुरपश्चिमले ३१ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।

सुदुरपश्चिमको जितमा वसन्त कार्कीले सार्वधिक ३७ रन बनाए । वसन्तले ७० बलमा समान एक चौका र छक्का प्रहार गरे । त्यस्तै अर्जुन साउदले ३२ रन बनाउँदा दिपक टमाटाले १० रन जोडे ।

प्रदेस एकका अभिनय राजवंशीले दुई तथा श्रवन किस्कु र अंकित सुवेदीले समान एक विकेट हात पारे ।

यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको प्रदेस एक २४ ओभरमा ९० रनमै समेटिएको थियो ।

प्रदेस एकका कप्तान अंकित सुवेदीले ६१ रनबाहेक अन्यको गतिलो योगदान रहेन ।

सुदुरपश्चिमका शेर मल्लले सर्वाधिक चार विकेट लिदाँ नरेन्द्र साउदले तीन तथा कैलाश ऐरीले दुई विकेट हात पारे ।

जितसँगै पाँच खेलबाट ६ अंक जोडेको सुदुरपश्चिम तालिकाको दोस्रो स्थान उक्लिएको छ । त्यस्तै ६ नै अंक रहे पनि प्रदेस एक हारसँगै तेस्रो स्थानमा झरेको छ ।

पाँच खेलबाट आठ अंक जोडेको लुम्बिनीको प्रदेस तालिकाको शीर्ष स्थानमा छ ।