काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल आबद्ध टोरेन्टो नेसनल्स ग्लोबल ट्वान्टी-२० क्यानाडा लिगको फाइनल प्रवेश गरेको छ ।
शनिबार सम्पन्न दोस्रो क्वालिफायरमा टोरेन्टोले ब्राम्प्टन उल्भ्सलाई पाँच विकेटले पराजित गर्यो ।
रोहित भने बेन्चमै थिए । वर्षाका कारण इलिमिनेटर खेल हुन नसके पछि सुपर ओभरबाट निर्णय लिने लिगको नियम रहेको थियो । तर, बंग्लाले सुपर ओभर खेल्न अस्विकार गरे पछि टोरोन्टो दोस्रो क्वालिफायरका लागि छनोट भएको थियो ।
उल्भ्सले प्रस्तुत गरेको १४२ रनको लक्ष्य टोरोन्टोले १८.२ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । टोरेन्टोका लागि कप्तान कोलिन मुनरोले ३६, मोहम्मद नवाजले अविजित २४, उन्मुक्त चन्दले १९, एन्ड्रिस गौसले १८, रस्सी भान डेर डुसेनले १४ र रोमारियो शिफर्डले अविजित १० रन ।
उल्भ्सका अखिल कुमारले तीन तथा एन्ड्र् टाइ र बेउ वेबस्टारले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको उल्भ्ससले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ४१ रनको योगफल तयार पारेको थियो ।
वुल्भ्सका लागि निक हब्सनले ३४ बलमा पाँच चौका र दुई छक्काको मद्दतले अविजित ५१ रनको योगदान गरे । यसैगरी जर्ज मुन्सेले २६, ज्याक जेर्भिसले २० तथा कप्तान डेबिड वार्नरले १३ रन जोडे ।
टोरेन्टोका लागि रोमारियो शेफर्डले चार, जितेन्द्रपाल माथरुले दुई, जेसन बेहरनडर्फ र जुनैद सिद्धिकीले समान एक विकेट लिए ।
टोरेन्टोले उपाधिका लागि आइतबार साविक विजेता मोन्ट्रियल टाइगर्सको सामना गर्नेछ ।