आइसीसी महिला ट्वान्टी२० विश्वकपको एसिया छनोट

नेपाललाई मलेसियाको सामान्य लक्ष्य

काठमाडौं । आइसीसी महिला ट्वान्टी२० विश्वकपको एसिया छनोटमा मलेसियाले नेपाललाई ९३ रनको सामान्य लक्ष्य दिएको छ । 

शुक्रबार आइसीसी क्रिकेट एकेडेमीमा टस हारेर ब्याटिङका लागि आएको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९२ रनको योगफल खडा गरेको थियो ।

मलेसियाका लागि एल्सा हन्टरले ४८ बलमा चार चौका मद्दतमा ३९ रन बनाइन् भने मस ऐल्साले २१ बलमा १४ रन जोडिन । त्यस्तै युसरिना याकुुपले २५ बलमा दुई चौकासहित १२ रन प्रहार गरिन् ।

नेपालकी सवनम राईले दुई तथा कप्तान रुविना क्षेत्री, सीता राना मगर र  कविता कुन्वार समान एक विकेट लिए ।