आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसियाली छनोट

कतारलाई नेपालको विशाल योगफल

काठमाडौं । नेपाली महिला राष्टिय क्रिकेट टोलीले तेस्रो ट्वान्टी२० खेलमा कतारसामु एक सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा विकेट तीन गुमाउँदै एक सय ६४ रनको योगफल तयार पारेका थियो ।

नेपालका लागि ओपनर सिता राना मगरले अविजित ८२ रन बनाइन । त्यस्तै ज्योती पाण्डेले २४ रन बनाइन । 

कतारकी साक्षी, अलिसा र एन्जिलन मरेले समान एक विकृट लिइन । 

नेपालले यसअघि नै २-० ले तीन खेलको शृंखला आफ्नो पक्षमा पारिसकेको छ ।

नेपाल पहिलो खेलमा मंगलबार एक सय १९ र दोस्रो खेलमा बुधबार ६१ रनले विजयी भएको थियो ।

नेपाल आइसीसी महिला  ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारीमा रहेको छ ।