ट्वान्टी २० विश्वकप

इङ्ल्यान्ड र न्युजिल्यान्डबीचको सेमिफाइनल, विश्वकप २०१९ फाइनलको झल्को

दुबई । इङ्ल्यान्ड र न्युजिल्यान्ड बुधबार आइसीसी ट्वान्टी२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आमने सामने हुँदा त्यसले दुई वर्ष अघि इङ्ल्यान्डमै सम्पन्न एक दिवसीय विश्वकप क्रिकेटको झल्को दिनेछ

ग्रुप वानको विजेता इङ्ल्यान्डले सुरुआती चार खेलमा आठ अंक जोड्दै एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको थियो ।

समूह चरणको अन्तिम खेलमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई १० रनको नतिजा सुम्पिएको थियो । दक्षिण अफ्रिकाविरुद्धको खेलमा ओपनर जसन रोय घाइते भएपछि न्युजिल्यान्डविरुद्धको सेमिफाइनलका लागि इङ्ल्यान्डले रोयको स्थानमा जेम्स भिन्सेलाई टोलीमा समावेश गरेको छ ।

सन् २०१९ को एकदिवसीय विश्वकपको फाइनलमा इङ्ल्यान्डले फाइनलमा न्युजिल्यान्डले दिएको दुई सय ४१ रनको योगफलमा बराबरी गरेको थियो ।

त्यसपछि भएको सुपर ओभरमा समेत समान १५ रन बनाएपछि इङ्ल्यान्ड बाउन्ड्रीका आधारमा विश्वविजेता बनेको थियो ।

त्यसैले बुधबार आमने सामने हुँदा इङ्ल्यान्ड सोही विश्वकपको जस्र्तै सुखल अन्त्यका साथ फाइनलमा स्थान पक्का गर्न चाहन्छ ।

‘यदी इङ्ल्यान्ड र न्युजिल्यान्डले जुलाई २०१९ मा लड्समा सम्पन्न  नाटकिय फाइनलको एक भाग मात्रै पनि प्रदान गर्न सक्यो भने ट्वान्टी २० विश्वकपले यस हप्ताको मनोरञ्जन पूरा गर्नेछ, इङ्ल्यान्डका पूर्व कप्तान माइक एथर्टनले बताए ।’

इङ्ल्यान्ड आफ्ना स्टार खेलाडी वेन स्टोक्स र जोफ्रा आर्चरबिना नै विश्वकपको अन्तिम चारमा प्रवेश गरेको छ ।  बुधबार दुबईमा हुने पहिलो सेमिफाइनल खेलअघि रोयको इन्जुरीले थप दबाब दिएको छ ।

ट्वान्टी २० क्रिकेटमा हालसम्म यी दुई टोलीबिच २१ खेल भएका छन् । जसमा इङ्ल्यान्ड बलियो रहेको देखिन्छ । इङ्ल्यान्डले १३ खेलमा जित निकाल्दा न्युजिल्यान्डले सात खेल आफ्नो पक्षमा पारेको छ । यी दुई टोलीबीचको एक खेल नतिजाविहिन टुङ्गिएको छ ।

प्रतियोगितामा न्युजिल्यान्डले ‘ग्रुप टु’ को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गरेको  थियो । न्युजिल्यान्ड सुपर १२ को पाँचमध्ये चारमा विजयी र एकमा पराजित भएको थियो ।

सयुक्त अरब इमिरेट्स (युएई) को शेख जयेद क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।