कम्फरको कीर्तिमानमा आयरल्यान्डको सहज जित

आबुधाबी, (खेलाडी)- कर्टिस कम्फरले चार बलमा चार विकेट लिएको दिन आइतबार आयरल्यान्डले आइसीसी ट्वान्टी२० विश्वकपको प्रारम्भिक चरणमा विजयी सुरुआत गरेको छ ।

कम्फर ट्वान्टी २० विश्वकप क्रिकेटमा ह्याट्रिक विकेट लिने दोस्रो बलर हुन् । यसअघि सन् २००७ मा अस्ट्रेलियका ब्रेट ली ले बंगलादेशविरुद्ध ह्याट्रिक विकेट लिएका थिए ।

ट्वान्टी २० क्रिकेटमा लगातार चार बलमा चार विकेट लिने कम्फर तेस्रो खेलाडी हुन् । यसअघि अफगानिस्तानका रासिद खान र श्रीलंकाका लासिथ मालिंगाले ट्वान्टी२० क्रिकेटमा लगातार चार बलमा चार विकेट लिएका थिए ।

कम्फरले १० औं ओभरको दोस्रो, तेस्रो, चौथो र पाँचौ बलमा नेदरल्यान्डस्का कोलिन आर्कमानरेयान टेन डसकान्टे,स्कट इड्वार्ड र रोइलअफ डेर भान मार्विललाई पवेलियनको बाटो देखाएका थिए ।

 सोमबार भएको समूह ए को पहिलो खेलमा आयरल्यान्डले नेदरल्यान्ड्समाथी सात विकेटको सहज जित निकालेको छ । 

युएइको सेख जयाद क्रिकेट रंगशालामा नेदरल्यान्डसले प्रस्तुत गरेको एक सय सात रनको लक्ष्य आयरल्यान्डले १५.१ ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो । 

आयरल्यान्डका गारेथ डेलानीले सर्वाधिक ४४ रन बनाए । त्यस्तै पाउल स्टर्लिङले ३० रन जोडे । 

नेदरल्यान्ड्सका पिटर सिलर, फ्रेड क्लासेन र ब्रयान्डन ग्लोभरले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउनु अघि एक सय ६ रनको योगफल तयार गरेको थियो । 

नेदरल्यान्ड्सका म्याक्स ओ डवाडले ५१ रन बनाए । त्यस्तै पिटर सिलरले २१ र लोगन मान विक्ले ११ बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन् ।

आयरल्यान्डका कम्फरले चार, मार्क अदैरले तीन र जोसहुवा लिटरले एक विकेट लिए ।