सन्दिप आइसीसी प्लेयर अफ दि मन्थ

काठमाडौं, (खेलाडी)-  नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दिप लामिछानेले सेप्टेम्बर महिनाका लागि 'आइसीसी प्लेयर अफ दि मन्थ' भएका छन् ।

ओमानमा गत महिना सम्पन्न आइसीसी विश्व क्रिकेट लिग दुईमा गरेको उत्कृष्ट प्रदर्शनपछि सन्दिपले 'आइसीसी प्लेयर अफ दि मन्थ' जितेका हुन् ।

सन्दिपले शृंखलाको ६ खेलमा ७.३८ को औसतमा १८ विकेट लिएका थिए ।

सन्दिपले ' प्लेयरअफ दि मन्थ' जित्ने क्रममा बंगलादेशका नासुम अहेमद र अमेरिकाका जसकरन मलहोत्रालाई पछि पारे ।