चितवनलाई ललितपुरको एक सय नौ रनको लक्ष्य

 काठमाडौं, (खेलाडी)- ललितपुर पेट्रियटसले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सलाई एक सय नौ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको ललितपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय आठ रनको योगफल तयार पारेको थियो ।

ललितपुरका जयकिसन कोल्सावालाले सर्वाधिक ४२ रन जोडे ।

चितवनका कमलसिंह ऐरीले तीन तथा करिम जनत र सागर ढकालले समान दुई विकेट लिए ।